धनकुटाको हिलेमा नेपाल किसान महासंघ वडा नं. १ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा कोईराला

धनकुटा । धनकुटाको हिलेमा नेपाल किसान महासंघ वडा नं. १ को वडा अधिवेशनबाट राजन कोईराला अध्यक्षमा चयन हुनुभएको छ ।

वीहिबार सम्पन्न अधिवेशनले धनकुटा नगरपालिका वडा नं. १ का नेपाल किसान महासंघ वडा नं. १ को उपाध्यक्षद्धयमा प्रेम कार्की,पूर्ण सिंह तामाङ,सचिव नगेन्द्र बुढाथोकी र सदस्यहरुमा आशा विक,यसोदा आले,बिक्रम तितुग,तोर्ण घिमिरे,,चोलेन्द्र ठकुरी र रंजना विकलाई निर्वाचित गरेको छ ।

सोही अवसरमा नेपाली काग्रेस वडा कार्यालमा पार्टीको बोर्ड राख्ने र झण्डोतोलन कार्यक्रम समेत गरिएको थियो ।

नेपाली कांग्रेस १ नं वडा सभापती वीर वहादुर तितुङको संयोजनमा सम्पन्न अधिवेशनको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई र नेपाल किसान महासंघ धनकुटाका जिल्ला अध्यक्ष दिल कुमार राईले संयुक्त रुपमा उद्घाटन गरेका थिए । अधिवेशनलाई सम्बोधन गर्दै उनिहरुले अव मुलुकलाई कृषिबाट मात्र समृद्धी बनाउन सकिने भएकोले यो अभियानको नेतृत्व किसान महासंघले गर्ने बताए ।

कार्यक्रमा नेपाली कांग्रेस धनकुटाका सहसचिव श्रीराम रायमाझी,कोषाध्यक्ष सरस्वती मगर,नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका उपसभापती तथा नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामाुङ, सदस्य याम वस्नेत लगायतले किसानहरुको हक अधिकारका साथै उनिहरुका लागि उचित मल विउको व्यवस्था गर्नु पर्ने वताएका थिए ।

यसैगरी नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव राई,सहसचिव रायमाझी,कोषाध्यक्ष मगर लगायतले कांग्रेस वडा कार्यालयमा पार्टीको साईनवोर्ड र झण्डा राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।