आख्यानकार पोखरेलको ‘उर्वरा’ उपन्यासमाथि विराटनगरमा विमर्श

विराटनगर । आख्यानकार नारद पोखरेलद्वारा लिखित ‘उर्वरा’ उपन्यासमाथि विराटनगरमा विमर्श गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरस्थित हिमालय दर्शन कलेजको सभाहलमा आयोजना गरेको कार्यक्रममा ‘उर्वरा’ उपन्यासमाथि विमर्श गरिएको हो । तीनको दशकदेखि साहित्य लेखनमा सक्रिय पोखरेलको हालै प्रकाशित उर्वराको केही महिनाअघि काठमाडौंमा विमोचन गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षता तथा अग्रज साहित्यकार प्राध्यापक कविराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अग्रज समालोचक भूषण ढुंगेलले उर्वरा उपन्यास समसामयिक र यथार्थरक कथावस्तुमा आधारित भएको उल्लेख गरे । ढुंगेलले उपन्यासमा ५०–६० वर्षअघि र अहिलेको समयमा घटित घटना र विषयवस्तुलाई समेट्ने काम गरिएको बताए ।

समीक्षक सुविद गुरागाईंले उर्वरा उपन्यास पठनीयमात्रै नभएर संग्रहणीय कृतिका रुपमा आएको चर्चा गरे । गुरागाईंले यथार्थताको धरातलमा उभिएर उपन्यासकारले उपन्यास लेखेको बताए । कवि सीमा आभासले उपन्यासमा लेखकले धेरै पात्रहरूलाई उभ्याएको बताइन् ।

भाषिक शुद्धतादेखि पुस्तकको आधार, साजसज्जा सबै उत्कृष्ट रहेको उनको भनाइ थियो । कार्यक्रम प्रमुख अतिथि कविराज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहेका आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, सचिवसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार भेषराज पोखरेल, नेपाल स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी उपाध्यक्ष सरिता अर्याल, साहित्यकार दिनेश पौडेल, कवि चूडामणि नेपाल अकिञ्चनलगायतले उर्वरा उपन्यासमाथि आ–आफ्ना दृष्टिकोण राखेका थिए । विमर्शमा लेखक पोखरेलले कल्पनामा भन्दा यथार्थमा रहेर उपन्यास लेख्ने गरेको प्रस्ट पारे । उनले उपन्यासका विषयवस्तु र कथासँगै पात्र पनि यही समाजको भएको बताए । पोखरेलले ६० वर्षअघि र अहिलेको समाज र चचित्रलाई उपन्यासमा जोड्ने प्रयास गरेको प्रस्ट्याए ।

पोखरेलको नयाँ बाटो उपन्यास २०३०, सिर्जना २०४० उपन्यास, प्रतिघात २०७८ उपन्यास र बाटो बिराएपछि लेखसंग्रह २०७९ मा प्रकाशित छन् । विमर्श गरिएको उर्वरालाई सुन्दर स्वदेश पब्लिकेशन काठमाडौंले प्रकाशित गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।