धनकुटाको सहिदभूमिबाट लागुऔषध सहित एक जना पक्राउ
धनकुटा, माघ ३० गते । धनकुटाबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउँपालिका-६ का २४ बर्षीय पर्वत पौडेल रहेका छन् ।
प्रहरी चौकी आखिसल्ला धनकुटाबाट खटिएको टोलिले ट्रामानिल २१ क्याप्सुल र लागुऔषध गाँजा १२० ग्राम सहित नियन्त्रणमा लिएको हो ।
लागूऔषध सहित पक्राउ परेका पौडेलको थप अनुसन्धान भई रहेको छ ।


