गोकुण्डेश्वर मावि धनकुटाको ९२ औं बार्षिक उत्सव सम्पन्न

धनकुटा । धनकुटाको गोकुण्डेश्वर माविले भव्य कार्यक्रमको विच विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै वुधवार आफ्नो ९२ औ बार्षिक उत्सव तथा अभिभावक भेला मनाएको छ ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङको प्रमुख आथित्यमा सम्पन्न बार्षिक उत्सवमा विद्यालयका प्रधनाध्यापक यज्ञ प्रकाश चापागाईले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिकोत्सव समारोहमा वक्ताहरुले शिक्षा जिवन उपयोगी, व्यावसायीक तथा उत्पादन मुलुक हुनु पर्नेमा जोड दिए ।

वार्षिकोत्सवको अवसरमा सोही विद्यालयका पूर्व शिक्षक तथा शिक्षा विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक कृष्ण प्रसाद पोखरेल,शिक्षा विकास समन्वय ईकाई धनकुटाका प्रमुख महोन राई,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु राजेन्द्र वहादुर प्रधान,आनन्द सन्तोषी राई,पूर्व प्रधानाध्यापक महानन्द पोखरेल,पूर्व स्रोत व्यक्ति रियन्द्र गुरागाई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष एवं एल्मुनाई एशोसिएन गोमाविका उपाध्यक्ष विजय सन्तोषी राई,महासचिव सुनिल कुमार डंगोल,कोषाध्यक्ष सावित्रि देवी श्रेष्ठ,पूर्व विद्यार्थी रेणु श्रेष्ठ, अक्षयकोष दाता प्रभा श्रेष्ठलाई कार्यक्रमका प्रमुख अथिति धनकुटा नगरपालिका मेयर तामाङ, विद्यालयका प्रधानाध्यपाक चापागाई,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गी,सदस्य मन कुमारी तितुङ लगायतले दोसल्ला ओढाएर माला तथा खादा लगाएर दिई सम्मान पत्र समेत प्रदान गर्दै सम्मान गरेका थिए ।

यसैगरी गाकुण्डेश्वर मावि धनकुटाका प्रधानाध्यापक चापागाई,सहायक प्रधानाध्यापक सापकोटा,शिक्षकहरु हिम सागर कार्की,देवी योञ्जन, मछिन्द्र राई,बिनिता पोखरेल,इन्द्र कुमारी श्रेष्ठ,तुलसी पुरी,रिना लुईटेल अधिकारीलाई उत्कृष्ट कार्य सम्पादन गरेपावत उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको छ ।

विद्यालयमा कार्यरत कर्मचारीहरु मध्य उत्कृष्ट कार्य गर्ने रेणुका पौडेल र विष्णुमाया तमाङ्ग लाई यस बर्षको उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरी विद्यालयका प्रधानाध्यापक चापागाईले विद्यालयको तर्फबाट सम्मान गरिएको छ ।

प्रधानाध्यापक चापागाईले २०७६ सालमा शिक्षक पदक र २०८१ सालमा उत्कृष्ट शिक्षक पुरस्कार संघिय सरकारबाट प्राप्त गर्नु भएको र सो विद्यालयका सहायक प्रधानाध्यापक सापकोटाले यस बर्षको उत्कृष्ट विज्ञान शिक्षकको पुरस्कार संघिय सरकारबाट प्राप्त गर्नु भएकोले उहाहरुलाई बधाई ज्ञापन समेत गरिएको थियो । नेपाल सरकार शिक्षा विज्ञान प्रविधि मन्त्रालय काठमाण्डौबाट व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्यगरी राष्टिय पुरस्कारबाट समेत पुरस्कृत भई प्रोत्साहित गराउन महत्वपूर्ण कार्य गरी विद्यालयको नेतृत्वदायी भूमीका निर्वाह गर्दै आउनु भएका धनकुटा जिल्ला पाख्रिवास नगरपालिका वडा नं. १ सान्ने निवासी चापागाईले अन्नपूर्ण मावि सान्नेमा २०४८ देखी २०५८ साल सम्म प्रधानाध्यापक जिम्मेवारी सम्हाल्नु भएको र केही बर्ष हिलेमा मावि मा कार्यरत रही त्यछी गोकुण्डेश्वर माविकमा सरुवा भई आई केही बर्ष मावि शिक्षक र उच्च माविको संयोजकको भूमिका निर्वाह गरी २०७० साल देखी प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएका कुशल र योग्य पधानाध्यापक चापागाईले विद्यालयका शिक्षक तथा भौतिक विकासको लागि महत्वपूर्ण योगदान दिदै आउनु भएकोले २०७६ सालमा नेपाल सरकारबाट शिक्षक पदक र २०८१ सालमा उत्कृष्ट शिक्षक पुरस्कार प्राप्त गर्नु भएको र विद्यालयको उनन्नयनको लागि निरन्तर रुपमा कुसलता पूर्वक नेतृत्व प्रदान गरीरहनु भएकाले उहालाई अभिनन्दन गरिएको हो ।

बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको नगर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुने बाल संसार बोडिग स्कुल धनकुटा ,दोस्रो हुने तमर भ्याली बोडिग स्कुल,तेस्रो धनकुटा इङ्गलिस बोडिग स्कुल र सान्तवना हुने टंक मावि भरीरगाउका विद्यार्थी तथा विद्यालयहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो भने विद्यालयको बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको महिला ,पुरष भलिवल,पुरुष फुटवल,दौड प्रतियोगिता लगायत विभिन्न खेलकुद प्रतियोगिताहरुमा विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अथिति अथितिथीहरुले नगर पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । विद्यालयमा अध्ययनरत विभिन्न विद्यार्थीहरुलाई छात्र बृति समेत सो अवसरमा वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा निर्णायक नारायण विकले वताउनु भयो ।

विद्यालयले एक विद्यार्थी एक छात्रबृति र एक शिक्षक एक शिक्षक सम्मान कार्यक्रम अभियान संचालन गर्ने विद्यालयका प्रधानाध्यापक चापागाईले जानकारी दिनु भयो ।

उक्त बार्षिक उत्सव अभिभावक भेला,सम्मान,पुरस्कार तथा छात्र बृत्ति वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गीको अध्यक्षतमा सम्पन्न भएको थियो भने कार्यक्रमा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका तितुङले गर्नु भएको थियो । कार्यक्रममा धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मिलन खड्गी वडा सदस्य लगायत जनप्रतिनिधिहरुको समेत सहभागीता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖