धनकुटाको पाख्रिबासमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको ४२ औँ जिल्ला सभा सम्पन्न
धनकुटा,२ फागुन । धनकुटाको पाख्रिबासमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको ४२ औँ जिल्ला सभा सम्पन्न भएको छ ।
सोसाइटी जिल्ला शाखा धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा सांसद राजेन्द्र कुमार राई,प्रदेश सांसद निरन राई, इन्द्रमणि पराजुली, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको गतिविधिमा विभिन्न समयमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेहरुमा द्रोणप्रसाद गुरागाई,भोलानाथ घिमिरे,भीमशंकर काफ्ले र डम्बर गुरागाई रहेका छन् ।


