धनकुटा नगरपालिका कार्यपालिका सदस्य कोषबाट मधुगंगा देउराली आत्मनिर्भर कृषक समूहलाई विभिन्न समाग्री वितरण
धनकुटा । धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य मञ्जु कार्कीले धनकुटा नगरपालिका वडा नं. २ श्री मधुगंगा देउराली आत्मनिर्भर कृषक समुहलाई विभिन्न सामाग्री प्रदान गर्नु भएको छ ।
उहाँले आफ्नो कार्यालिका सदस्य कोषबाट प्राप्त १ लाख १३ हजार १४३ रुपैया बवावर रकमले खरिद गरि साउण्ड सिस्टम १ थान,कृर्सी टेवल ५ सेट,आरी ५ वटा,गिलास,थाल ,चम्ची ५०-५० थान,मख,डाडु,पन्यू,हड्केश २ थान सहित अन्य समाग्रीहरु प्रदान गर्नु भएको हो ।
ती समाग्रीहरु शुक्रवार नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, कार्यपालिका सदस्य कार्की, पार्टीका नगर कार्य समितिका सभापती अभिषेक कर्माचार्य, कार्यपालिका सदस्य दिल कुमार राई, पार्टीका .२ नं वडा सभापती राज कुमार राईले श्री मधुगंगा देउराली आत्मनिर्भर कृषक समुहका अध्यक्ष हर्क राई र पदाधिकारीहरुलाई हस्तान्तरण गरेका थिए ।
नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिकामा आफ्नो पार्टीको तर्फबाट विजय भएका कार्यपालिका सदस्यहरुलाई वडाध्यक्ष पराजित भएका वडाहरुमा कार्यपालिका सदस्य कोषबाट विकास निर्माण लगायत मानव विकासका लागि कार्यक्रम संचालन गर्न निर्देशन दिएपछी कार्यपालिका सदस्यहरु कार्कीले वडा नं. २ मा,कार्यपालिका सदस्य दिल कुमार राईले वडा नं. १ मा,कार्यपालिका सदस्य मैया श्रेष्ठले वडा नं. ४ मा,कार्यपालिका सदस्य भोगेन्द्र राईले वडा नं. ८ मा र कार्यपालिका सदस्य रेजिना हिङमाङ्गले वडा नं. ९ मा आफ्नो कार्यपालिका कोषबाट विकास निर्माण लगायत मानव विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।


