उमेरले ६८ वर्ष पुग्नु भएका बरुवालको सीप र जांगर यो उमेरमा पनि उत्तिकै

सर्मिला राई,धनकुटा । पाख्रीवास नगरपालिका वडा नं ३ निवासी ईन्द्र बरुवालको सीप र जांगर यो उमेरमा पनि उत्तिकै छ ।

उमेरले ६८ वर्ष पुग्नु भएका बरुवालले माग अनुसार डोको बुन्ने गर्नु भएको छ । यी डोकोहरु पनि चिया टिप्नका लागि बगानको माग अनुसार बुनेको उहाको भनाई छ ।

स्थानिय समूहकै वनबाट बाँस खरिद गरि चोया काढेर डोको बुन्ने गर्नु भएका बरुवालले एक दिनमै तीन वटा सम्म बुन्न सकिने अनुभव सुनाउनु भयो । यी डोको प्रतिगाेट्टा रु ५ सयका दरले बेच्ने गरिन्छ ।

डोको बुन्नका लागि समुहको वनबाट प्रतिगाेट्टा ४० रुपया बराबरको दरले बाँस किन्नु पर्ने उहाँको भनाई छ । यस्ता मात्र होइन उहाँले याो भन्दा पातला घाँस,दाउरा, सोतर बोक्न उपयोग गरिने खालका डोकोहरु पनि बुन्ने गर्नु भएको छ ।

खास कुरा त डोको बुन्न आवश्यक पर्ने बाँस, चाेया काढ्ने र डोको बुन्ने सीप पनि स्थानिय कै र डोको खरिद गरि उपयोग गर्ने पनि स्थानिय नै छन् ।

त्यसैले स्थानिय आवश्यक्ता र उपभोगको अध्ययन गरि आफ्नै कला सीप र आफ्नै उत्पादनको उपयोगलाई प्राथामिक्तामा राख्न सके एकातर्फ यस्ता सीप र उत्पादनलाई बढवा दिन सकिन्थ्यो भने अर्को तर्फ हामी सबैका लागि फलदायी पनि हुने थियो कि ?

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।