सांगुरीगढीमा आत्महत्या न्यूनीकरण अभियान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटामा आत्महत्या न्यूनीकरण अभियान २०८१ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं.-८ खुडी स्थितमा रहेको श्री लक्ष्मी मा.वि.खुडीको सभाहलमा जिल्ला प्रहरी कार्यालय ,धनकुटाको आयोजनामा आत्महत्या न्यूनीकरण अभियान २०८१ सम्बन्धी सचेतना कार्यक्रम आज समपन्न भएको हो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी प्रजिअ टुवराज पोख्रेलले जिल्ला प्रशासन कार्यालय,धनकुटाबाट हुने सेवा प्रवाहा साथै धनकुटा जिल्लाको समग्र शान्ति सुरक्षा सम्बन्धी मन्तब्य राख्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय,धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी मनोसामाजिक तथा मानसिक स्वास्थ्यको बारेमा प्रशिक्षण दिनुका साथै आत्महत्या र मानसिक स्वास्थय समस्याबारे जनचेतना फैलाउनु महत्वपूर्ण छ ।
शैक्षिक कार्यक्रम र सचेतनामुलक कार्यक्रमहरुले मानिसलाई यस विषयमा खुलस्त बनाउँन र आत्महत्या निरुत्साहित गर्न सहयोग पुर्यााउछ भन्ने जानकारी समेत दिनु भएको छ ।


