आजवाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, नेपाल किर्गिस्तानसँग भिडदै

काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आजवाट काठमाडाैंमा सुरू हुदैँछ ।

 

एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैँछ ।

 

आज हुने दुइवटा खेल मध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले किर्गिस्तानसँग भिडनेछ, जुन खेल साँझ ५ः३० बजेवाट सुरू हुनेछ । 

 

फिफा वरीयतामा किर्तिस्तान नेपालभन्दा तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८ औं स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो । 

खेल अघि हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बादेले भने यो खेलको उपाधिको खडेरी तोड्नका यो प्रतियोगिता राम्रो अवसर भएको बताएकी थिइन । ‘तयारी राम्रो भएको छ । टोलीको तालमेल मिलिरहेको छ । कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं । कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन्,’ उनले भनिन् ।

 

साथै,  नेपालले फागुन ८ मा लेबनान र फागुन ११ मा भने म्यानमारसँग प्रतिस्पर्धामा  उत्रनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।