खोटाङको हलेसी तुवाचुङमा आगलागीबाट ५ घर जलेर नष्ट

खोटाङ, फागुन ५ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ स्थित हलेसी बजारमा आगलागी हुँदा ३ वटा घर पूर्णरुपमा र २ वटा घर आंसिकरुपमा जली नष्ट भएको छ ।

फागुन ४ गते साँझ ७ बजे पदम राईको हार्ड-वेयर पसल रहेको काठ र जस्ताले बनेको ३ तले घरमा रहेको भान्सा कोठाबाट ग्याँस लिक भई आगोलागी हुँदा उक्त घर नजिकमा रहेको आइरख राईको न्यु कल्याण होटल रहेको ४ तले पक्की घर र काठको २ तले घर पूर्णरुपमा जली नष्ट भएको र प्रकाश चन्द्र गिरीको २ तले पक्की घर, १ तले भान्सा घर तथा भरणशेर राईको पारुहाङ होटल रहेको ४ तले पक्की घरमा आंशिक क्षेती भएको थियो ।

आगोलागीबाट करिव ७ करोड ३० लाख बरावरको धनमाल जली नष्ट भएको छ भने उक्त आगलागी जिल्ला प्रहरी खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टको कमाण्डमा ४१ जना नेपाल प्रहरी सहित नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानियबासीको सहयोगमा राती सवा १ बजे पूर्णरुपमा नियन्त्रण गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।