सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-५ बस्ने ५० वर्षीया चिनिमाया बुढाथोकी छिन्।

प्रहरीका अनुसार सोमबार दिउँसो दुहबी नगरपालिका-८ हुलास फ्याक्ट्रीअगाडि सडकमा विराटनगरबाट इटहरी जाँदै गरेको को१ख ७०२३ नम्बरको बसले प्र.१-०२-०५६ प ५५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुढाथोकीको मृत्यु भएको हो।

मोटरसाइकल पछाडि सवार बुढाथोकी गम्भीर घाइते भएकोमा विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विराट नर्सिङ होम अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।