सुनसरीबाट प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ

विराटनगर, फागुन ०८ गते । सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन ७ गते दिउँसो को २०प ७४४६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप-महानगरपालिका-४ का २७ बर्षीय सुरज कुमार ठाकुरलाई कोशी गाउँपालिका-१ भन्सार टोल स्थितबाट ८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित लागू औषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने धरान उप-नगरपालिका-३ का ३१ बर्षीय कमल सहनी २ ग्राम ९ सय मिलिग्राम सहित पक्राउ परेका हुन ।

यसैगरी फागुन ७ गते राती गोप्य सुचनाको आधारमा प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितबाट भोक्राहा नरसिंह गाउँपालिका-१ का २० बर्षीय ईव्रान मन्सुरीलाई १ सय ५० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको थियो ।

प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।