सहिदभूमिमा न्यायिक समिति र सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनकुटा । सहिदभूमी गाउँपालिका धनकुटाको आर्थिक वर्ष २०८१/०८२को वार्षिक कार्यक्रम अन्तर्गत न्यायिक समिति र सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका उपाध्यक्ष न्यायिक समिति संयाेजक रत्नश्वरी राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । यहि फागुन १ गते देखि ५ गते सम्म सञ्चालन भएको कार्यक्रम पालिकाको वडा नं . १,३,५, ६ गरि ४ वटा वडामा मा न्यायिक समिति र सरोकारवालसँग अन्तरक्रिया गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

वडा नं-१ का कार्यबाहक वडाध्यक्ष देवल कुमार राई , वडा नं. ३ का वडाध्यक्ष होमनाथ राई ,वडा नं .५ का कार्यबाहक वडाध्यक्ष सफल राई , र वडा नं ६ मा कार्यपालिका सदस्य दिवानी राईकाे अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियोे । सहिदभूमि गाउँपालिका न्यायिक समितिले गरेका कार्यक्रमहरु र आगमी सञ्चालन हुने कार्यक्रमहरु बारेमा उजुरी प्रशासक शाखाका कर्मचारी दिपक राईले जानकारी दिनुभएको थियो ।

न्यायिक समितिको काम अधिकार तथा क्षेत्रहरु वारेमा छलफल गरी उक्त कार्यक्रममा न्यायिक समिति पदाधिकारीहरु वडाका जनप्रतिनिधिहरू गाउँपालिकाका सम्वन्धित वडाका वडा सचिव , पालिकाकाे विभिन्न शाखाका शाखा प्रमुख कर्मचारी , मेलमिलाप कर्ताहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएको उक्त कार्यक्रमको सहजिकरण सहजकर्ता निल बहादुर थापा र खिन्द्र बहादुर अधिकारीले गर्नु भएको थियो । गत आर्थिक वर्ष पालिकाकाे वडा नं २, ४ , ७ मा कार्यक्रम सम्पन्न गरेको उजुरी प्रशासक दिपक राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।