धरानबाट प्रतिबन्धित औषधी सहित चार जना पक्राउ
सुनसरी, फागुन १० गते । सुनसरीको धरान-१५ स्थितबाट प्रतिबन्धित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन १० गते बिहानको राती साढे १ बजे लागुऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ की २३ बर्षीया सृजना राई, २० बर्षीया विता थापा राई र दुई जना बालिकालाई फेला पारी चेकचाँज गर्दा उनिहरुको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल २०० चक्की फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।


