याक्खा भाषाका शिक्षकहरूलाई सम्मान

संखुवासभा । “नेपाल आदिवासी याक्खा संघको चाहना,याक्खारेन संरक्षित स्वायत्त क्षेत्रको स्थापना” भन्ने मूल नाराका साथ २०८१ फागुन ९ र १० गते नेपाल आदिवासी याक्खा संघको २५ औं स्थापना दिवस एवं “रजत जयन्ती” कार्यक्रमको अवसरमा संखुवासभा जिल्ला धर्मदेबि नगरपालिका अन्तर्गतका बिद्यालयहरूमा अध्यापन गराउने याक्खा भाषाका शिक्षकहरूलाई सम्मान सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा इन्द्र्काली प्रा.बि.का शिक्षिका धन कुमारी जिमी, जाम बहादुर जिमी, गिता जिमी, भगवती मा.बि.का शिक्षक लाखमान जिमी, बलराम जिमी, दुधनाथ प्रा.बि.का शिक्षिका रूकमिनि जिमी, भिम कुमारी जिमी, शान्त माया जिमी, बालबालिका प्रा.बि.का शिक्षिका अबिना कुमारी मन्डल जिमी, थल कुमार याएम्वा र धनकुटा जिल्ला चौबिसे गाउँपालिका अन्तर्गतको बालबिकाश प्रा. बि.का शिक्षक बिजय मादी रहेकन छन् ।

यसैगरी याक्खा संघको स्थापना एवं रजत जयन्तीको अवसरमा याक्खा समुदायबाट निर्वाचित जननिर्वाचित प्रतिनिधिहरूलाई पनि सम्मान पत्र सहित सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा संखुवासभा धर्मदेबि नगरपालिका अन्तर्गत वडा न.२ का वडा अध्यक्ष गजेन्द्र बहादुर जिमी, वडा न. ७ का वडा अध्यक्ष नविन जिमी, वडा सदस्तहरूमा इन्द्र कुमारी जिमी, लालमाया जिमी, मिता जिमी, प्रेमिका कोङरेन, नगर सदस्य अञ्जली जिमी र जिल्ला समन्वय समिति सदस्य मनोज कुमार थायुम रहेका छन् ।

यसैगरी धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ३ डाँडागाउँका सदस्य बुद्दिमान कोङरेन सम्मानित हुनु भएको छ । मोरङ केराबारी गाउँ पालिका वडा न. ९ का वडा अध्यक्ष गोपाल याक्खा र बेलबारी नगरपालिका वडा न. ६ का वडा अध्यक्ष गङ्गा याक्खालाई पनि सम्मान गरिएकाे छ ।

यसैगरी ताप्लेजुङ, इलाम, धनकुटा, सुनसरीबाट स्थानीय तहमा निर्वाचित याक्खा जननिर्वाचित कार्यक्रममा अनुपस्थित जनप्रतिनिधि हरूको सम्मान पत्र उहाँहरूको ठेगानामा चाडै पठाउने गरी ब्यबस्था मिलाइएको संघले जनाएको छ । याक्खा जातिबाट गत निर्वाचनमा वडाध्यक्ष पद भन्दा माथिल्लो पदमा प्रतिनिधित्व हुन सकेको छैन । नेपाल भरीमा ६ जन वडा अध्यक्ष सहित २० जना स्थानीय तहमा प्रतिनिधित्व रहेको छ ।

२५औं स्थापना दिवस एवं “रजत जयन्ती” याक्खा जातिको आदिवासी याक्खा जातिको उदगमस्थल मूलथलो ऐतिहासिक दशलिम्बुवान सत्रथुम मध्येको दशमझिया थुम हालको धर्मदेबि नगरपालिका वडा न• ३ मुडेशनिसरे(चापे) बजारको सामुदायिक भवनमा आयोजित कार्यक्रममा उपस्थित प्रमुख अतिथि पूर्व १ न. प्रदेश प्रमुख प्रा.डा.गोविन्द बहादुर सुब्बाज्यूले सम्मान पत्र सहित सम्मान गर्नु भएको कार्यक्रम संघका केन्द्रीय अध्यक्ष जितेन्द्र देवान कोङरेनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बि.स. २०५७ फागुन ९ गते रामजी कोङरेनको अध्यक्षतामा स्थापना भएको याक्खा संघले याक्खा भाषाको संरक्षण, सम्बर्द्धन र बिकासका लागि अनवरत निरन्तर कार्य गर्दै बि.स. २०६५ देखि कक्षा १ देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।