झापा र मोरङमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

विरानगर, फागुन ११ गते । झापा र मोरङका छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

फागुन १० गते मोरङको उर्लाबारी नगरपालिका-७ स्थितमा दमकबाट उर्लाबारी तर्फ आँउदै गरेको को.१ त ६७८८ नम्बरको ट्याक्टरले मे.६ प ६०७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक झापा कमल गाउँपालिका-३ का ६२ बर्षीय धान्य प्रसाद बराल र मोटरसाईकल पछाडि सवार ६५ बर्षीय तारा नारायण श्रेष्ठ घाईते भएकोमा उपचारको लागि B&C अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको हो ।

त्यसैगरी झापाको बुद्धशान्ति गाँउपालिका-२ स्थित मे.९ प ७४८२ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएकी पैदल यात्री स्थानीय ७५ बर्षीया ईन्द्रमाया कार्कीलाई उपचारको लागि B&C अस्पताल बिर्तामोड पुर्याउन साथ उनको मृत्यु भएको हो भने दुर्घटनामा परी घाईते भएका मोटरसाईकलमा पछाडि सवार बुद्धशान्ति गाँउपालिका‍-७ का २४ बर्षीय रविन गड्तौलाको सिटी अस्पताल बुधबारे झापामा उपचार भईरहेको छ ।

घटनामा संलग्न ठक्कर दिने ट्याक्टर चालक उर्लाबारी-३ का २८ बर्षीय शेखर खवास र मोटरसाईकल चालक इलाम सुर्यदय नगरपालिका-१० का २१ बर्षीय भुवन न्यौपानेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।