विराटनगर विमानस्थलबाट अमेरीकी डलर सहित एक ब्यक्ति पक्राउ
विराटनगर । विराटनगर विमानस्थलबाट अमेरीकी डलर सहित १ ब्यक्ति पक्राउ परेका छन् ।
विराटनगर बिमानस्थलबाट एक जना यात्रुलाई एक सय दरका जम्मा ८ बदार १ सय अमेरिकी डलर सहित प्रहरीले पक्राउ गरेको हो । गत फागुन ९ गते बेलुकी साढे ७ बजे यती एयरलाईन्सको फ्लाइटबाट विराटनगर देखि काठमाण्डौ जान लागेका जिल्ला सुनसरी भोक्राह नरसिंह गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३४ को नौशाद अन्सारीलाई विमास्थलमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त अमेरिकी डलर बरामद गरेको हो ।
पक्राउ परेका निज व्यक्तिले आवश्यक कागजात/प्रमाण माग गर्दा उपलब्ध गराउन नसकेको हुँदा बरामदी डलर सहित निजलाई आवश्यक कारबाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।


