राष्ट्रिय वाल नाटक महोत्सवमा अवार्ड जित्न र जिताउन सफल हिले माद्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान
सर्मिला राई,धनकुटा । १६ औं राष्ट्रिय वाल नाटक महाेत्सवमा अवार्ड जित्न र जिताउन सफल हिले माद्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई आज सम्मान गरिएकाे छ ।
यहि फागुन १ देखि ७ गतेसम्म काठमाण्डाैमा सम्पन्न राष्ट्रिय वाल नाटक महाेत्सवमा धनकुटा नगरपालिका वडा नं १ हिलेमा अवस्थित हिले मद्यमिक विद्यालयले `आरनकाे कथा´ नामक नाटक प्रस्तुत गरेकाे थियाे । याे नाटक प्रस्तुत गरेर विद्यालयले `वेष्ट जुरी अवार्ड´जित्न सफल भएकाे थियाे । यहि नाटकका कलाकार विद्यार्थी निलम दमाईले उदियमान कलाकार (वेष्ट ईमर्जिङ एक्टर)काे अवार्ड जित्न सफल हुनुभएकाे विद्यालयले जनाएकाे छ ।
शिक्षकहरु यज्ञ प्रसाद दाहाल र पाेषण घिमिरेकाे लेखन तथा निर्देशन रहेकाे नाटक `आरनकाे कथा´मा विद्यार्थीहरु निलम दमाई,कमला खत्री,अनमाेल ठकुरी,सुदिन खनाल,आशिष् पाण्डे,साङमा तामाङ र सामना मगरले भूमिका निर्वाह गरका थिए ।
उनिहरुलाइ आज विद्यालय प्राङगणमा एक कार्यक्रमकाे आयाेजना गरि सम्मान गरिएकाे हाे । नाटक लेखन तथा निर्देशन गर्नुहुने शिक्षक तथा कलाकार विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक रमेश घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष लालचन गाेङबा लगायत शिक्षकहरुले प्रमाण पत्र प्रदान गर्दै खदा र अविर लगाएर सम्मान गरेका थिए ।


