ताप्लेजुङमा केवलकार निर्माणको धनकुटामा पनि विरोध
धनकुटा, ११ फागुन । ताप्लेजुङको पाथीभरा ९मुक्कुम्लुङ९ क्षेत्रमा केवलकार निर्माणको धनकुटामा पनि विरोध गरिएको छ ।
कोशी नाम खारेजी जिल्ला संर्घष समिती धनकुटा र मुक्कुम्लुङ संरक्षण समिती धनकुटाले धनकुटा सदरमुकाम मदन चोकमा कार्यक्रम गर्दै केवलकार निर्माणको विरोध गरेका हुन् । उनिहरुले कुनै पनि बहानामा केवलकार बनाउँन नहुने भन्दै विरोध गरेका थिए ।
किरांत याक्थुङ चुम्लुङका केन्द्रय सचिव यासिली योहाङग, जसपाका केन्द्रिय सचिव राजकुमार राई लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।


