मोरङको पथरीमा डिटेल एजुकेसन कन्सल्टेन्सीको नयाँ शाखा

पथरी- मोरङको पथरीशनिश्चरे-१, जाँतेमोडस्थित झण्डा घरमा डिटेल एजुकेसन कन्सल्टेन्सीले आफ्नो तेस्रो शाखा स्थापना गरी औपचारिक उद्घाटन गरेको छ। शनिबार आयोजित विशेष समारोहमा सो शाखाको उद्घाटन गरिएको हो।

कोशी प्रदेशसभा सदस्य मानबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कन्सल्टेन्सीका सिइओ योगेन्द्र चौहान, वडा नम्बर १ का अध्यक्ष भीमकुमार राई, पञ्चायत मावि तथा पथरीशनिश्चरे व्यवस्थापन समितिका अध्यक्ष युवराज बाँस्कोटा, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहाल, उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश कट्वाल, समाजसेवी माधव थापालगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिम्बुले वर्तमान शिक्षाले जीवन उपयोगी र नैतिकवान बनाउन नसकेको भन्दै डिटेल एजुकेसन कन्सल्टेन्सी जस्ता संस्थाहरूले विद्यार्थीलाई सही मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘गुणस्तरीय शिक्षा मात्र होइन, सही मार्गदर्शन आवश्यक  । डिटेल एजुकेसन कन्सल्टेन्सीले विद्यार्थीहरूलाई अध्ययन तथा भविष्य निर्माणका लागि सही दिशा देखाउनेछ।’

डिटेल एजुकेसन कन्सल्टेन्सीका शाखा प्रबन्धक धनकुमार सुब्बाले कन्सल्टेन्सी सञ्चालनमा आउनुपूर्व नै ३३ जना विद्यार्थीहरूले भर्ना लिइसकेको जानकारी गराउँदै भने, ‘हामी विदेश अध्ययनका इच्छुक विद्यार्थीहरूलाई सही परामर्श, भाषा कक्षा, भिसा प्रक्रिया, तथा अन्य आवश्यक सेवा प्रदान गर्छौं। हामी केवल कागजी प्रक्रिया मात्र होइन, विद्यार्थीको सम्पूर्ण शैक्षिक यात्रामा मार्गदर्शन गर्ने लक्ष्य राख्छौं।’

पथरीशनिश्चरेका युवा उद्यमीहरू धनकुमार सुब्बा, सरोज भट्टराई र मनि लिम्बुले संयुक्त रूपमा सञ्चालनमा ल्याएको यो कन्सल्टेन्सीले उच्च शिक्षा तथा छात्रवृत्तिका लागि परामर्श, आइइएलटिएस, टोफेल, पिटे लगायतका भाषा कक्षाहरू, कलेज तथा विश्वविद्यालय छनोट, भिसा परामर्श तथा अन्य सेवाहरू प्रदान गर्ने छ ।

विद्यार्थीहरूलाई भरपर्दो सल्लाह तथा उच्च गुणस्तरीय सेवा दिने प्रतिवद्धताका साथ कन्सल्टेन्सी अगाडि बढाउने लक्ष राखेको संस्थापकहरू बताउँछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖