दमकमा स्कूल बस र इँटा बोकेको ट्रक एकआपसमा ठोक्किँदा पल्टियो बस
झापा । दमकको पशुहाट बसपार्कको उकालोमा सिद्धार्थ बोर्डिङ स्कूलको बस र इँटा बोकेको ट्रक एकआपसमा ठोक्किँदा बस पल्टिएको छ।
बसले विद्यार्थीहरूलाई विद्यालय पुर्याइसकेको हुँदा घटनाका समयमा गाडीभित्र विद्यार्थीहरू रहेका थिएनन् ।
बसका चालक र सहचालक पनि सकुशल छन्।


