धनकुटामा एक बृद्द मृत फेला
धनकुटा,१४ फागुन । धनकुटामा एक बृद्द मृत फेला परेका छन् ।
जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ ज्यामिरे बस्ने अन्दाजी ७० बर्षिय भक्त बहादुर बस्नेत आफ्नो घरदेखि अन्दाजी ५ सय मिटर उत्तर स्थित अछामे डाँडाको खोल्सामा मृत अवस्थामा फेला परेका हुन् ।
उनले बढी मात्रामा मादक पदार्थ सेवन गरि हिँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
कानुनी प्रकृया तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट टोली खटिएको र शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याउने तयारी भइरहेको जिप्रका धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।


