स्ववियु निर्वाचन हुने भए संगै धनकुटा बहुमुखी क्याम्पसमा समेत विद्यार्थीको चहल पहल
धनकुटा,१६ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को निर्वाचन आगामी चैत ५ गते गर्ने भए संगै धनकुटा बहुमुखी क्याम्पसमा समेत निर्वाचनको चहल पहल सुरु भएको छ ।
आज विद्यार्थी भर्नाको अन्तिम दिन भएकोले बिदाको दिनमा समेत क्याम्पसमा विद्यार्थीको भिडभाड रहेको थियो भने यता निर्वाचन समितीले समेत स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर काम अगाडी बढाइको जनाएको छ ।





