झापाबाट ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा

झापा । झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर  जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट  महेशपुरले शुक्रबार साँझ  उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएकाहरुमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ बर्षिय र  सुनसरी जिल्ला रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ बर्षिय दुई युवक छन् ।

बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा  स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाईछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ  (३०१ ग्राम) फेला परेको हो ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद र अन्य सामानसहित थप अनुसन्धान तथा  आवश्यक कारवाहिको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।