उदयपुरमा बान्तावा रूङमाहाङ राईको ७ औं राष्ट्रिय सम्मेलन हुदै

भुमिराज राई,उदयपुर । किरात बान्तावा रूङमाहाङ राई केन्द्रीय वात्तोङ कार्यसमिति (केवास) को ७औं राष्ट्रिय सम्मेलन २०८१ चैत्र १, २ र ३ गते उदयपुर जिल्लाको बसाहमा भव्य रूपमा आयोजना हुनेछ। यस सम्मेलनको मुल तयारी समिति र विभिन्न उपसमितिहरू गठन भइसकेको छ भने सम्मेलनलाई सफल बनाउन सबै इवास (इकाई वात्तोङ संघ) र क्षेवास (क्षेत्रीय वात्तोङ संघ) लाई सहभागिता बढाउन अनुरोध गरिएको छ।

सम्मेलनको प्रचार-प्रसारको लागि ब्रोसर र सर्कुलर सामाजिक सञ्जाल मार्फत सबै इवासहरूलाई पठाइएको छ। तर, केही इवासहरूमा केही जानकारी अस्पष्ट भएकोले सम्बन्धित इवासहरूलाई २०८१ फागुन २५ गतेसम्म परिपत्रमा तोकिएको कामको विवरण मुल तयारी समितिमा पठाउन अनुरोध गरिएको छ।

सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या वंशीय बिधान बमोजिम तोकिएको छ। यदि तोकिएको संख्या भन्दा बढी प्रतिनिधि सहभागी हुन चाहन्छन् भने इवासको निर्णय सहित प्रतिनिधिको संख्या र नामावली पठाउन अनुरोध गरिएको छ। अतिथि, पर्यवेक्षक वा अन्य सहभागीहरूलाई सम्मेलन अवधिवर रहन कुनै रोकटोक गरिने छैन।

यस सम्मेलनमा रूङमाहाङ वंशको गौरवमय इतिहासमा सुनौलो इँटा थप्ने महानुभावहरूलाई सम्मान गरिनेछ। जसले सामाजिक, राजनैतिक, शैक्षिक, व्यवसायिक, निजामति कर्मचारी, खेलकुद आदि कुनै पनि क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन्, तिनीहरूको व्यक्तिगत विवरण इवासको निर्णय सहित पठाउन अनुरोध गरिएको छ।

किरात बान्तावा रूङमाहाङ राई वात्तोङ कार्यसमिति युकेबाट अध्यक्ष बिनोद कुमार राई र सल्लाहाकार छेत्राकला राई कार्यक्रममा सहभागी हुनुहुने छ !

सम्मेलनलाई सफल बनाउन देश विदेशमा रहनुभएका बंशहरूलाई आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। सहयोग रकम आर्थिक विभाग संयोजक एवं केन्द्रीय कोषाध्यक्ष श्री मुगा बान्तावालाई सम्पर्क गर्न वा Gurkhas Finance Ltd., धरान शाखा, खाता नं 00401400129233000001 मा जम्मा गर्न सकिनेछ।

सम्मेलनको संयोजक किरात बान्तावा रूङमाहाङ राई केन्द्रीय वात्तोङ कार्यसमिति (केवास) अध्यक्ष रबि कुमार राईले यस सम्मेलनलाई ऐतिहासिक बनाउन सबै बंश छोरीचेली र जुवाईं चेला भानाभान्जीको सहयोग र सहभागिताको अपेक्षा गर्नु भएको छ । कुनै जानकारी वा सुझाब सल्लाहका निमित्त आयोजक समितिलाई सम्पर्क गर्न सकिने छ।

तयारी बैठकका निमित्त कार्यक्रम सम्योजक केन्द्रिय कार्यसमितिका अध्यक्ष र महासचिब कार्यक्रम स्थल बसाहा पुगिसक्नु भएको र बैठक पश्चात कार्यक्रम स्थलको तयारी शुरु गरिने महासचिब सुनिल रुङमाहाङ राईले जानकारी दिनु भएको छ I

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।