तेह्रथुमको आठराई चुहानडॉडा स्थित घोडेटार सामुदायिक वनमा लागेको भीषण आगलागी नियन्त्रणमा
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडॉडा स्थित घोडेटार सामुदायिक वनमा लागेको भीषण आगलागी अहिले नियन्त्रणमा आएको छ ।
आइतबार बिहान करीब ८ बजे तमोर नदि किनारबाट आएको आगो चुहानडॉडाको बोखिम सम्म आइपुग्दा नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय सक्रान्तिबजार, सशस्त्र प्रहरी बल सक्रान्तिबजार र आठराई गाउँपालिका नगर प्रहरी र स्थानीय बासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ ।


