उदयपुर र झापाबाट प्रतिबन्धित लागूऔषध सहित ६ जना पक्राउ

मोरङ, फागुन १९ गते । उदयपुर र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन १८ गते इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चौदण्डीगढी नगरपालिका-७ का १९ बर्षीय सागर बिश्वकर्मा, २१ बर्षीय सन्जोक राई र २१ बर्षीय निशान मगरलाई ट्रामाडोल-१ सय २०, स्पास्पेन-१ सय ट्याब्लेट सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट ताराबारीबाट गस्तिमा खटिएको प्रहरी टोलिले मोरङ उर्लाबारी नगरपालिका -७ का २१ बर्षीय बिजय शर्मा ,२० बर्षीय पुजन गिरी र १८ बर्षीय सुजन सिवालाई ट्रामाडोल-७३ चक्की, स्पास्पेन-८० चक्की सहित पक्राउ गरेको छ ।

त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-१ का २९ बर्षीय प्रन्नयन तामाङलाई १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।