संखुवासभाको खाँदबारीमा मोटरसाईकल दुर्घटना,एक जनाको मृत्यु

संखुवासभा,फागुन १९ गते । संखुवासभा खाँदबारी-९ सालघारी स्थितमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार १ जनाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा जिल्ला प्युठान सोमद्धार नगरपालिका- १ का २६ बर्षीय एकम अधिकारी रहेका छन् ।

फागुन १८ गते राती खाँदबारीबाट तुम्लिङटार तर्फ जादै गरेको प्रदेश १-०२-०५३ प ८१४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रहेका अधिकारी घाईते भएकोमा उनलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारको क्रममा उनको मृत्यू भएको हो ।

दुर्घटनामा संलग्न मोटरसाईकल चालक धर्मदेवी नगरपालिका-६ हुम्जुङका २५ बर्षीय आकाश जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।