सञ्चारिका समूह धनकुटाको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा पुन: राई

धनकुटा । सञ्चारिका समूह धनकुटाकाे प्रथम अधिवेशनले १३ सदस्यीय जिल्ला कार्य समिती चयन गरेको छ ।

नेपाल महिला संघ जिल्ला अध्यक्ष तथा संविधान सभा सदस्य लिला सुब्बाको प्रमुख आतिथ्य तथा सञ्चारिका समूह धनकुटाकी अध्यक्ष सर्मिला राईको अध्यक्षतामा सम्पन्न अधिवेशनले पुन: राईकै अध्यक्षतामा सर्वसम्मत १३ सदस्यिय कार्य समिती चयन गरेको हो ।

समितीकाे उपाध्यक्षमा निर्मला कुँवर,सचिवमा चाँदनी राई,काेकिला भण्डारी,सहसचिवमा बाल कुमारी थापा र काेषाध्यक्षमा सष्टिका राई रहेका छन् ।

अन्य सदस्यहरुमा पञ्चमाया तामाङ,सृजना खुलाल,उपासी ताजपुरिया,विनु कार्की,तुलसा पाैडेल,धन कुमारी राई र माैषमी लिम्बू रहेका छन् ।

सञ्चारिका समूह धनकुटाकाे आयाेजनामा सम्पन्न अधिवेशनमा बाेल्ने वक्ताहरुले शुभकामना मन्तव्य राख्दै समूहलाई थप क्रियाशिल भएर काम गर्न सुझाव दिएका छन् । जसका लागि आफुहरुले सहयाेग गर्ने प्रतिवद्वता समेत जनाएका छन् ।

अधिवेशनमा प्रमुख अतिथि संविधान सभा सदस्य सुब्बा सहित नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष विदुर खवास,संस्थापक अध्यक्ष सञ्जय सन्ताेषी राई,सल्लाहकार रमेशचन्द्र अधिकारी,नेपाल पत्रकार महासंघ निवर्तमान केन्द्रीय सदस्य सरिता बराईली राई,सामुदायिक रेडियाे प्रसारक संघका केन्द्रीय उपाध्यक्ष गाेपाल बराईली,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) १ नं प्रदेश निवर्तमान अध्यक्ष सन्तवीर लामा,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष विनाेद घिमिरे,प्रेस चाैतारी नेपाल धनकुटाका अध्यक्ष नारायण कुमार आठपहरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनमा सञ्चारिका समूह धनकुटाका पुर्व सचिव सुमना तिम्सिना, नेपाल प्रेस युनियन निवर्तमा जिल्ला सचिव विकास घिमिरे,धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल लगायतकाे उपस्थिती थियाे । अधिवेशनमा स्वागत मन्तव्य काेषाध्यक्ष चादनी राईले राख्नु भएकाे थियाे भने सञ्चालन कृष्ण कुमारी राईले गर्नुभएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।