विराटनगरबाट लागुऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ
मोरङ, फागुन २० गते । मोरङको बिराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन १९ गते दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री भारत बिहार अररियाका २८ बर्षीय अर्जुन मल्लिक, बिराटनगर-१७ का १९ बर्षीय साईनम गुरुङ र लेटाङ नगरपालिका-३ का ४० बर्षीय नबिन तामाङलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ४० ग्राम १४ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


