मोरङको पथरीशनिश्चरेमा एउटै डोरीमा युवक–युवतीको शव फेला, अवैध सम्बन्धको आशंका

मोरङ । मोरङको पथरीशनिश्चरे–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा युवक-युवती झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

झापाको गौरीगञ्ज–२ की जुबामुनी हस्ता र मोरङका २४ वर्षीय अजय टुडू पिठारीको रुखमा एउटै डोरीमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख नारायण चिमरियाले बताए।

दुवै जना विवाहित थिए। जुबामुनीका श्रीमान् विदेशमा छन् भने उनका एक वर्षीय छोरा छन्। अजयका पनि दुई सन्तान रहेको प्रहरीले जनाएको छ।

आइतबार राति अजयले जुबामुनीलाई घर लगेका थिए। भोलिपल्ट घरबाट हिँडेका उनीहरू मंगलबार बिहान मृत फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानअनुसार प्रेम सम्बन्धकै कारण दुबै जनाले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।