धनकुटामा जिल्ला स्तरीय अर्धवार्षिक समीक्षा सम्पन्न
धनकुटा,२१ फागुन । धनकुटा जिल्ला स्थित सबै स्थानीय तह, संघ तथा प्रदेश स्तरीय सरकारी कार्यालय तथा संघसंस्थाले आर्थिक वर्ष २०८१÷८२ मा सञ्चालन गरेको बजेट योजना तथा कार्यक्रमको हालसम्म भएको प्रगतिका सम्बन्धमा समिक्षा गर्दै जिल्लास्तरीय अर्धवार्षिक समीक्षा तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
अर्धवार्षिक समिक्षामा धनकुटामा रहेका ७ वटै स्थानीय तह, प्रदेश र संघ सरकार मातहतका विषयगत कार्यालय र विभिन्न गैरसरकारी कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित बजेट योजना कार्यक्रमको अर्धवार्षिक प्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकारको सहभागिता रहेको जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राईले जानकारी दिईन। जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुत प्रतिवेदननमा कार्यालयहरुले गरेका काम, काम गर्दा देखा परेका समस्याका बारेमा प्रस्तुती भएको थियो ।
ती समस्यालाई सहज बनाउने विषयमा छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जानकारी दिए ।


