धनकुटाको पाख्रीबास १० चुङ्गमाङ्गमा समाजको लागि समाजसेवीको रुपमा उत्कृष्ट काम गर्ने व्यक्तित्वहरुलाई यसरी गरियो सम्मान (फोटो फिचर)
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं १० चुङ्गमाङ्गको आयोजनामा समाजको लागि समाजसेवीको रुपमा उत्कृष्ट काम गर्ने व्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न भएको छ।
वडाले आज सम्मान कार्यक्रम आयोजना गरेर चुङ्गमाङ्गमा जन्मेर देश र समाजको विकास तथा परिवर्तनका लागि विभिन्न क्षेत्रमा काम गर्नु भएका नेपाल सरकारका पुर्व उपसचिव देखि पुर्व गाविस अध्यक्ष , शिक्षक, समाजसेवी गरि १६ जनालाई सम्मान गरेको हो।
सम्मानित हुनेहरुमा नेपाल सरकारका पुर्व उपसचिवहरु गणेश तिम्सिना , मुरारी प्रसाद वस्ती , प्रधानाध्यापकहरु श्री भाराती माविका विष्णुप्रसाद धमला ,विश्व नाथ दाहाल , रन बहादुर राई , डगेन्द्र कुमार राई , मणिक कुथुमी , सामाजिक क्षेत्रतर्फ दधिराम तिम्सिना , रमादेवी पाैडेल ,आन्नद सन्तोषी राई , रमेश कुमार राई ,डा. चण्डी प्रसाद चापागाईं, नारायण प्रसाद पाैडेल , दिनेश चन तिम्सिना र गाविस अध्यक्ष यज्ञ घिसिङ ,गाविस उपाध्यक्ष रुद्र बहादुर मस्र्याङ्गीलाई सम्मान पत्र ,खदा करुवा र अविरले सम्मान गरेको हाे ।उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि पाख्रीबास नगरपालिकाका उपमेयर नम्रता देउजा, वडा नं १० का वडा अध्यक्ष हरि खत्री , वडा नं ९ का वडा अध्यक्ष सम्झना आलेले सम्मान गर्नुभएको थियो ।
प्रमुख अतिथि उपमेयर देउजाले सम्मान कार्यक्रममा बाेल्नु हुदै सामाजिक , प्रशासनिक , राजनीतिक परिवर्तन विकासका लागि भूमिका खेल्ने सबैको उच्च सम्मान गर्न आवाश्यक रहेको बताउनुभयो । साथै इतिहासलाई नयाँ पुस्ता सम्म पुर्याउन पनि यस्तो कार्यक्रमले सहयोग पुर्याउने भन्दै समाजका अगुवा ,पाका अनुभवीहरुको ज्ञान सीप अनुभव बाट पाठ सिक्दै अगाडि बढ्न सकियो भनेमात्र सक्षम र सभ्य समाज निर्माण गर्न सकिने उहाँको भनाइ थियो ।
यस्तै गरि वडा नं ९ का वडा अध्यक्ष सम्झना आलेले पनि १० नम्बर वडाले उद्दाहरणिय काम गर्न सफल भएको भन्दै आगामी दिनमा अरुवडालेपनि यस्तो खाले कार्यक्रम गर्न आवाश्यक रहेको भन्दै सम्मान हुनुहुने सबैलाई शुभकामना दिनु भएको थियो । यस्तै एमाले कोशी प्रदेश कमिटी सदस्य खण्डमान राईले पनि कार्यक्रमकाे प्रशंसा गर्नुहुदै सम्मानित सबैलाई शुभकामना दिनु भयो ।
सम्मानित हुनुहुने व्यक्तित्वहरुले पनि कार्यक्रममा बोल्नु हुदै वडा कार्यलयले सम्मान गर्दा खुसी व्यक्त गरेका छन् । उनिहरुले बाेल्नु हुदै आफ्नो आफ्नो क्षेत्रमा काम गर्दाको अनुभव तथा संघर्षको बारेमा कुराहरू राखेका थिए ।
सम्मान कार्यक्रममा वडा अध्यक्ष खत्रीले समाजकाे लागि उत्कृष्ट काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्न सकियो भने समाजका मुल्य मान्यताको संरक्षण हुने भन्दै उक्त कार्यक्रम गरिएको बताउनुभयो ।
उक्त सम्मान कार्यक्रममा वडाका वडाका जनप्रतिनिधि , भाराती माध्यमिक विद्यालयका सहप्रधानाध्यापक भक्त बहादुर घिमिरे ,कर्मचारी लगायतको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य चरण कुथुमीले राखेका थिए ।

















