धनकुटा बहुमुखी क्याम्पस स्ववियुमा अनेरास्ववियुका तिम्सिनाको अध्यक्ष पदमा उम्मेद्धारी
धनकुटा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेराश्ववियु धनकुटा बहुमुखी क्याम्पस धनकुटाको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा युवा तिम्सिना उम्मेद्धार बनाउने भएका छन् । अनेरास्ववियुले आगामी चैत्र ५ गते हुने स्ववियुको अध्यक्षका पदका लागि तिम्सिनालाई उम्मेद्धार बनाउने निर्णय गरेको हो ।
यस्तै स्ववियुको सचिवमा टेकेन्द्र सापकोटा (कुमार) र कोषध्यक्षमा विनिता राईले उम्मेद्धार दिने निर्णय गरेको जनाएको छ । पछिल्लो समय क्याम्पसमा शैक्षिक क्षेत्रमा आएका विभिन्न समस्याहरुको हल गर्न अनेरास्ववियुले आफ्नो टिम बनाएर चुनावमा उठ्न लागेको बताएको छ । तिसिम्सना हाल स्ववियुको कोषध्यक्ष पदमा रहेका छन् ।
यस्तै क्याम्पसमा विद्यार्थीहरुको हक, हित विद्यार्थीले पाउने विभिन्न सेवा सुविधाका लागी लागिपर्न आफ्नो टिम तयार गरेको जनाएको छ । नवप्रबद्र्धनात्मक खोज अनुसन्धानात्क अवसरमा आफूले अध्यक्ष पदमा प्रतिनिधित्व गर्न लागेको स्ववियु उम्मेद्धार तिम्सिनाले बताएका छन् ।
त्यस्तै टिमको ९ जना समानुपातिबाट आउने छन् । जसभित्र उपाध्यक्ष, सह–सचिव पनि निर्वाचन पश्चात् समानुपातिबाटै छनोट हुने अनेरास्ववियु धनकुटा क्याम्पसले जनाएको छ ।


