धनकुटाको सागुरीगढीबाट धरानतर्फ गाँजा बोकेर आएका आठजना तस्करलाई नियन्त्रणमा लिन धरानमा गोली चल्यो : एक पक्राउ, सातजनालाई खोज्दै प्रहरी
सुनसरी । धरानमा बिहीवार बिहान प्रहरीले २३० केजी प्रतिबन्धित गाँजा बरामद गरेको छ। धरान उपमहानगरपालिका(२० को जंगलमा प्रहरीले गोली हानेर गाँजा तस्करलाई पक्राउ गरेको हो।
धनकुटाको सागुरीगढी गाउँपालिकाबाट धरानतर्फ गाँजा बोकेर आएका आठजना तस्करलाई नियन्त्रण लिँदै गर्दा तस्करहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली चलाइएको थियो। प्रहरीले ४३ वर्षीय हरिकुमार राइलाई पक्राउ गरेको छ।
गाँजा तस्करीमा संलग्न अन्य सातजना फरार छन्। प्रहरीका अनुसार, तस्करहरू रातको समयमा जंगलको बाटो प्रयोग गर्दै धरान पुर्याउने प्रयासमा थिए।


