धनकुटामा पालिका स्तरिय जनप्रतिनीधि तथा सरोकारवाला संग सहकारी सम्बन्धि अन्तरक्रिया

धनकुटा । उद्याेग कृषि तथा सहकारी मन्त्रालय काेशी प्रदेशले आज धनकुटामा पालिका स्तरिय जनप्रतिनीधि तथा सराेकारवालाहरुसँग सहकारी सम्बन्धि अन्तरक्रिया गरेकाे छ ।

अन्तरक्रियामा सहकारीकाे अवस्था,अवसर, चुनाैती, भावी कार्य दिशा बारे कार्यपत्र उद्याेग कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत ताेयानाथ तिम्सिनाले प्रस्तुत गर्नुभएकाे थियाे । जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरन तामाङकाे प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि संचारकर्मी रमेशचन्द्र अधिकारी र सामाजिक अभियान्ता तथा सहयाेगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जेपी भुजेलले टिप्पणी गर्नु भएकाे छ ।

अन्तरक्रिया कार्यक्रममा अहिले छलफल भईरहेकाे छ । टिप्पणीकाे क्रममा टिप्पणीकर्ता भुजेलले प्रदेश भरिकाे सहकारीकाे अवस्था बुझ्न पाएकाे भए राम्राे हुने,कार्यपत्र बढीमात्रामा अनुगमनकाे काेणबाट आएकाे भन्दै सम्बन्धित विषयहरुमा अलि बढी छलफल गर्न पाए राम्राे हुने बताउनु भयाे ।

त्यस्तै अर्का टिप्पणी कर्ता अधिकारीले जनप्रतिनीधिकाे हकमा लक्षित सहभागिता कम भएकाे, हकारी नियमन गर्ने निकाय हटाईरहटा सहकारीहरुमा समस्या आएकाे लगायतका टिप्पणी गर्नु भयाे ।
कार्यक्रममा जिल्ला सहकारी संघ, अाैद्याेगिक ग्राम सञ्चालन समितीका अध्यक्ष तिलक महत ,विभिन्न सहकारी संस्थाका प्रमुख एवं प्रतिनिधि, नेपाल पत्रकार महासंघ धनकुटाका प्रमुख एवं प्रतिनिधि,जनप्रतिनीधि तथा सञ्चारकर्मीहरुकाे उपस्थिती रहेकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।