पाख्रीबास स्थित सयपत्री माध्यमिक विद्यालयमा एक दिने ‘कला तथा विज्ञान प्रविधि’ प्रदर्शनी सम्पन्न

धनकुटा । सयपत्री माध्यमिक विद्यालय पाख्रीबासमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका बिद्यार्थीहरुको सक्रिय सहभागितामा आयोजित एक दिने ‘कला तथा विज्ञान प्रविधि’ प्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थीहरूले अध्ययन गरेका विषयहरूलाई प्रयोग गरी जीवनोपयोगी बनाउन सकेमा अध्ययनको सार्थकता रहने कुरा बताउँदै आगामी दिनमा पनि यस्ता प्रकारका प्रदर्शनीले विद्यार्थीको मनोबल उच्च रहने कुरा पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञान बहादुर गुरुङले बताउनु भयो। अवलोकनकै क्रममा विद्यार्थीहरूले तयार गरेका कलात्मक तथा प्रविधियुक्त सामाग्रीहरूको प्रशंसा गर्दै बधाई पनि दिनुभएको थियो।

अवलोकन कार्यक्रममा पाख्रीबास नगरपालिकाका नगर प्रमुख गुरुंग लगायत अभिभावक तथा नगरबासीहरूको उपस्थिति रहेको थियो।

विद्यार्थीहरूको कडा मिहिनेतका साथै विद्यालयका व्यवस्थापकको पूर्ण साथ एवम् शिक्षक तथा कर्मचारीहरूको सक्रियतामा उक्त प्रदर्शनी सफल रहेको कुरा विद्यालयका प्रिन्सिपल दिपेश थापाले बताउनु भयो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖