शीतला देवी माध्यमिक बिद्यालय पाख्रीबासमा फुड फेस्टिवल सम्पन्न

महिमा तामाङ/धनकुटा,२४ फागुन । धनकुटाको पाख्रीबासमा फुड फेस्टिवल सम्पन्न भएको छ।

जिल्लाको पाख्रीबास ३ स्थित शीतला देवी माध्यमिक बिद्यालयको आयोजना गरेको उक्त फुड फेस्टिवलमा विद्यार्थीहरुले आफैले विभिन्न परिकारहरू बनाएर आफ्नो कला र शिप प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक चन् पौडेलले विद्यार्थीको कक्षा कोठाको ज्ञान साथै उनीहरूको सृजनशीलता, उद्यमशीलता अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए ।

फेस्टिवलमा ५ देखि कक्षा १० सम्मका र एउटा विद्यालयको तर्फबाट गरी ७ स्टलहरु राखिएको थियो । खानामा विभिन्न नेपाली परिकार लगायत चटपटे, पानीपुरी, क्रोन डग, कीमा नुडल्स, खापसे, मोजितो, माछा-मासुका परिकार राखिएको थियो।

विद्यालयको प्रशासनका अनुसार यस फुड फेस्टिवल सम्पन्न हुनुमा स्थानीय निकाय ( वडा, नगर ) तथा विद्यार्थी र विद्यालयको ठूलो भूमिका रहेको छ भने सो बाट संकलित रकम विभिन्न क्षेत्रमा चन्दाको रुपमा दिइने जानकारी दिए ।

फेस्टिवलमा पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ,उप प्रमुख नम्रता गौतम लगायतका विभिन्न संघ संस्था, अविभावक,शिक्षक,बिद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।