धनकुटामा श्रमिक महिला दिवसको अवसरमा जेष्ठ नागरिकसँग यसरी गरियो अनुभव साटासाट(भिडियो सहित)
धनकुटा । नेपाल महिला संघ धनकुटाले जेष्ठ नागरिकहरु सँग अनुभव आदान प्रदान गरेको छ । ११५ ओैं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धनकुटाका जेष्ठ नागरिकहरुसँग अनुभव आदान प्रदान गरेको हो ।
नेपाल महिला संघ जिल्ला अध्यक्ष लिला सुब्बाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जेष्ठ नागरिकहरुले आफ्नाे भाेगाई तथा अनुभव गीत, कविता र संवाद मार्फत सुनाएका थिए । कार्यक्रममा श्रमिक दिवसको ओैचित्य माथि सुमना तिम्सनाले स्पष्ट पार्नु भएको थिया ।
कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै नेपाल महिला संघ जिल्ला अध्यक्ष सुब्बाले यसअघि पनि स-शक्तीकरण तथा जनचेना मुलक कार्यक्रमहरु गर्दै यो दिवस मनाईदै आएको र यस वर्ष भने जेष्ठ नागरिकहरुलाई मध्य नजर गरि उहाहरुको जीवन यापनको अनुभव आदान प्रदान गर्न यसरी दिवस मनाइएको बताउनु भयो ।
स्वागत मन्तव्य संघका उपाध्यक्ष अम्बिका धमलाले राख्नु भएकाे कार्यक्रमको सञ्चालन संघका सचिव संगिता चापागाईले गर्नु भएकाे थियाे ।
कार्यक्रममा जेष्ठ नागरिक संघ धनकुटा ६ का अध्यक्ष मान बहादुर पराजुली, नेपाल किसान संघका केन्द्रीय सदस्य टिकादेवि भण्डारी,मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) काेशी प्रदेश अध्यक्ष मिना तुम्बा लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनीधि तथा जेष्ठ नागरिकहरुकाे उपस्थिती थियो ।
“सबै महिला तथा वालवालिकाका लागि अधिकार, समानता र स-शक्तीकरण´´ यो वर्षको श्रमिक महिला दिवसको मूल नारा रहेको छ ।
कार्यक्रममा धनकुटा ६ की ६३ वर्षिय विमला घिमिरेले आफ्नाे जीवन भाेगाईका अनुभव आफ्नै रचनामा यसरी गितबाट सुनाउनु भएकाे थियाे ।





