धनकुटाको पाख्रीवास ८ का जेष्ठ नागरिक, कृषक तथा कर्मचारीहरुलाई सम्मान

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ का जेष्ठ नागरिक, कृषक तथा कर्मचारीहरुलाई सम्मान गरिएकाे छ ।

शनिवार वडामा नागरिक तथा कृषक सम्मान कार्यक्रमकाे आयाेजना गरि वडा नं ८ का ७५ जना नागरिक, कृषक तथा कर्मचारीहरुलाई सम्मान गरिएकाे हाे ।उनिहरुलाई पाख्रीवास नगरपालिकाका मेयर एवं कार्यक्रमका प्रमुख अतिथि ज्ञान बहादुर गुरुङ वडाध्यक्ष गजेन्द्र बहादुर राई र वडा सदस्यहरु हेम गिरी, गंगादेव राईले करुवा प्रदान गर्दै फुल माला र अविर लगाएर संयुक्त रुपमा सम्मान गरेका थिए ।

कार्यक्रममा बाेल्दै मेयर गुरुङले ८ नं वडामा ४८ लाख ५० हजार ८ नं काे बजेट विनियाेजन गरिएकाे भन्दै साे बजेट कुन कुन शिर्षकमा खर्च हुँदैछ खबरदारी गर्न आग्रह गर्नु भयाे । उहाले पाख्रवास नगरपालिका क्षेत्रका कृषकहरुलाई कृषि उत्पादनमा सहयाेग पुर्याउन (ADB) सँग ४ वटा प्राेजेक्टमा सहकार्य गरि काम गर्ने तयारी गरिएकाे बताउनु भयाे । जसका लागि किसानहरुले आवश्यक कागजात तथा जग्गाकाे व्यवस्था गरि नगरमा कुरा राख्न सक्ने बताउनु भयाे ।

स्वास्थ्यकाे क्षेत्रमा साढे ४ लाख बजेट रहेकाे भन्दै उहाले १० वटै वडनमा स्वास्थ्य शिविर सञ्चालजका लागि पहल भईरहेकाे जानकारी गराउनु भयाे । त्यस्तै कृषकहरुलाई सहज, समान र सुलभ तरिकाले मल उपलब्ध गराउन पनि पहल भईरहेकाे बताउनु भयाे ।

वडाध्यक्ष राइले निर्वाचनकाे समयमा आफुहरुले जनता समक्ष गरेकाे प्रतिवद्वता अनुसारनै काम गरिरहेकाे बताउनु भयाे । यदि त्यसाे नभएकाे खण्डमा आम नागरिकहरुले खबरदारी गर्न सक्ने बताउनु भयाे । यता कृषक तथा जेष्ठ नागरिकहरुले भने नगर एवं वडाले गरिरहेका काम तथा सेवा प्रति आ-आफ्नाे धारण यसरी राखेका छन् ।

कार्यक्रमकाे सञ्चालन वडा सचिव हिरामान राईले गर्नु भएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖