एमाले धनकुटा नगरपालिका १ वडा कमिटीको अध्यक्षमा सौगात तामाङ (भुपाल) सर्वसम्मत

धनकुटा । नेकपा एमाले धनकुटा नगरपालिका वडा नं १ वडा कमिटी धनकुटाको दोस्रो वडा अधिवेशनले सर्वसम्मत सौगात तामाङ (भुपाल) को अध्यक्षतामा ३१ सदस्य नयाँ वडा कमिटी गठन गरेको छ ।

यस्तै गरि उपाध्यक्षमा जमुना माेक्तान, सचिव उत्सव छाराहाङ राई , सहसचिवमा सुजन घिमिरे रहेका छन् ।

सोही अधिवेशनको अवसरमा वडा कमिटीले वडा भित्रका पार्टीकाे लागि योगदान दिएर निस्वार्थ भावनाले निरन्तर पार्टीलाई सहयोग गर्ने ९० जना जेष्ठ कम्युनिस्टहरुलाई प्रमाणपत्र र अविरले सम्मान गरेको छ ।

त्यस्तै गरि नेपाली काङ्ग्रेसका धनकुटा नगरपालिका वडा नं २ युवासंघ सभापति ललित घिमिरेले काङ्ग्रेस पार्टी परित्याग गरि आज एमाले पार्टी प्रवेश गरेको छ । घिमिरेलाई खदा तथा माला अविरले पार्टीमा स्वागत गरिएको थियो ।

अधिवेशन शुरु हुनु अघि वडाकमिटीले हिले बजारमा झांकी सहितको र्यालि प्रदर्शन गरिएको थियो । अधिवेशन जिल्ला पार्टी अध्यक्ष शिव आङ्लाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला कमिटी अध्यक्ष आङ्ला , प्रदेश कमिटी सदस्य चन्द्र बस्नेत , पुर्व राज्य मन्त्री तथा प्रदेश कमिटी सदस्य निरन राई , जिल्ला पार्टी उपाध्यक्ष चिन्तन तामाङ ,पार्टीका काेशिप्रदेस कमिटी स्थानीय तह विभाग सचिव तथा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ , नगर अध्यक्ष अर्जुन छाराहाङले अधिवेशनमा बाेल्नु हुदै ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउने गरी काममा लाग्न निर्देशन दिनुभएको छ ।

त्यस्तै गरि उनिहरुले एमाले कमजोर भयो भने बहुमत ल्याउन सकिएन भने पार्टीले चाहे अनुरुप काम गर्न सक्ने वातावरण नहुने भएकाले एमालेलाई शक्तिशाली पार्टीको रुपमा स्थापित गर्न मिसन ०८४– मा एमालेलाई बहुमतमा पुर्‍याउने गरि एमालेरुपी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पुर्‍याउने काममा सबै लाग्नु पर्ने बताउनुभयो ।

पार्टी जिल्ला पार्टी उपसचिव तुलसी राई , जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष ओङद तामाङ , काेशी प्रदेश प्रचारप्रसार तथा प्रकाशन विभाग सदस्य मानवी माेक्तान , जिल्ला सचिवालय , जिल्ला कमिटी , नगरकमिटीका पदाधिकारी सदस्य ,पार्टीका विभिन्न विभाग तथा जिम्मेवारीमा रहका नेताहरूको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖