विश्रान्तीमा आयोजना भएको शिवमहापुराणमा १ करोड ५२ लाख बढी नगद संकलन

धनकुटा,२५ फागुन । धार्मिक पर्यटनको प्रर्वद्धन, विश्रान्ति मन्दिरमा संचालित गुरुकुल तथा वृद्धाश्रम व्यवस्थित गर्न सहयोगार्थ धनकुटाको मुलघाटमा आयोजना गरिएको शिवमहापुराणमा भएको खर्च विवरण सार्वजनिक गरिएको छ ।

‘पुराण तपाईंको संयोजन विश्रान्ति’ को भन्ने मूल नाराका साथ फागुन ४ देखि १५ गतेसम्म मुलघाटस्थित विश्रान्ति परिसरमा संचालन भएको शिवमहापुराणमा डेढ करोड भन्दा बढी रुपैया संकलन भएको छ । शिवमहापुराण आयोजना मूल समारोह समितिले पत्रकार संमेलन गर्दै आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।

पुराणबाट १ करोड ५२ लाख ६० हजार ४ सय ५५ रुपैया नगद संकलन भएको जानकारी दिएको हो । पुराणअवधिभर ३७ लाख रुपैया खर्च भएको र संकलित रकमबाट कुल खर्च कटाएर १ करोड १५ लाख ६० हजार ४ सय ५५ रुपैया बचत भएको मूल समारोह समितिका महासचिव जनार्दन घिमिरेले बताए ।

पुराणमा धनकुटा सहित झापा, मोरङ, सुनसरी सहितपूर्वका अधिकांश जिल्लाबाट ३५ हजार भन्दा बढी भक्तजनहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।