पाख्रिबासमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

धनकुटा,फागुन २६ । धनकुटाको पाख्रिबासमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको पाख्रिवास नगरपालिका वडा नं.-३ स्थित कृषि अनुसन्धान केन्द्र पाख्रिवासको सभाहलमा जिल्ला प्रहरी कार्यालय,धनकुटा र प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिवासको आयोजनामा आत्महत्या न्यूनीकरण अभियान २०८१ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

समाजमा पछिल्लो समय आत्महत्याका घट्नाहरू बढ्दै गएको र यसको रोकथाम न्यूनीकरण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले अन्य देशमा जस्तै नेपालमा पनि आत्महत्या प्रमुख चुनौति र समस्याको रुपमा दिनानु दिन बढ्दै गएकोमा यसको रोकथाम तथा न्यूनीकरण सम्बन्धी मनोसामाजिक तथा मानसिक स्वास्थ्यको बारेमा प्रशिक्षण दिनु भयो ।

आत्महत्या र मानसिक स्वास्थय समस्याबारे जनचेतना फैलाउनु महत्वपूर्ण रहेको साथै शैक्षिक कार्यक्रम र सचेतनामुलक कार्यक्रमहरुले मानिसलाई यस विषयमा खुलस्त बनाउँन र आत्महत्या निरुत्साहित गर्न सहयोग पुर्याउने प्रहरी उपरीक्षक चौधरीले बताए ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिवासका प्रध्यापक निराजन भन्डारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा कलेजका उपाध्यक्ष सुर्य किरण डागी, प्रशासन शाखाका प्रमुख शैलेश घिमिरे,भण्डारण शाखाका प्रमुख सोवित थापा लगायत कलेजमा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖