पीएम कपमा किरण ठगुन्नाको शतक, सुदूरपश्चिमसहित आर्मी र पुलिस विजयी

काठमाडौँ । जारी पीएम कपमा आज सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । 

देउखुरी क्रिकेट स्टेडियममा समपन्न खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले १२१ रनको शतकीय पारी खेलेका थिए । गण्डकीले दिएको २२१ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ठगुन्नाको १२१ रनको सहयोगमा ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ठगुन्नाले १०१ बल खेल्दै ९ चौका र ६ छक्का प्रहार गरेका थिए । 

त्यस्तै तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गरेको छ । नेपाल पुलिसले दिएको २५० रनको लक्ष्य पछाएको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो । 

त्यस्तै सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १३४ रनले पराजित गरेको छ ।  आर्मीले दिएको २६३ रनको लक्ष्य पछाएको बागमतीले २७ ओभरमा अलआउट हुदै १२८ रन मात्र बनाएको थियो । 

अब मंगलबार कोशी प्रदेश र मधेश प्रदेश तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुदै छन् ।         

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।