धनकुटाको छथर जोरपाटीमा भोलि सार्बजनिक बिदा
धनकुटा,२६ फागुन ।धनकुटाको छथर जोरपाटी गाउंपालिकाले भोलि सार्बजनिक बिदा दिएको छ ।
पालिकाको आठौं स्थापना दिवशको अवसरमा विगत बर्ष झैं यस बर्ष पनि फागुन २७ गते मंगलबारका दिन सार्बजनिक बिदा दिइएको पालिका अध्यक्ष छत्र बहादुर सुव्वाद्वारा हस्ताक्षरित जारी सुचनामा उल्लेख छ ।
पालिकाको प्राङ्गणमा स्थापना दिवस भव्य रुपमा मनाउने प्रयोजनका लागि उक्त दिन पालिका स्थित सबै सरकारी कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र संघसंस्थाहरुमा स्थानीय सार्वजनिक बिदा दिइएको जनाइएको छ ।



