सहिदभूमिमा प्रथम झनकलाल स्मृति कप पुरुष फुटबल प्रतियोगिता सुरु
धनकुटा । सहिदभूमि गाउँपालिका वडा नं ७ काे आयोजनामा प्रथम झनकलाल स्मृति कप पुरुष फुटबल प्रतियोगिता आईतवार देखि सुरु भएको छ ।
वडा नं ७ का वडा अध्यक्ष बम बहादुर राईको अध्यक्षता सञ्चालन भएको खेल उदघाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज राईले रेफ्रिलाई बल हस्तान्तरण गर्दै व्यानर पढेर उदघाटन गर्नु भएको थियो ।
प्रतियोगितामा ८ वटा टिम सहभागी भएका छन् । हिजो उदघाटन सत्रको पहिलो खेल वडा नं १ र ३ नम्बर वडा बिच भएको खेलमा ०-१ ले १ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस्तै हिजै भएको दोस्रो खेलमा वडा नं ६ र वडा नं २ बिच भएको खेलमा खेलको निर्धारित समयमा कुनै गोल हुन नसके पछि रात परेको कारण खेल स्थगित गरिएको थियो । रोकिएको खेल आज पुन: हुने आयाेजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार रु ५० हजार कप मेडल तथा प्रमाणपत्र व्यवस्था गरिएको छ । यस्तै दाेस्राे हुने समुहले पनि नगद २५ हजार सहित कप ,मेडल ,प्रमाणपत्र पाउने आयाेजक वडा कार्यलयले जनाएको छ ।
खेलको उदघाटन कार्यक्रममा ६ नम्बर वडाअध्यक्ष हेम कुमार राई , जनप्रतिनिधिहरु वृद्धलाल राई , लिला राम राई , मनु भण्डारी , फुलश्वरी विक , एमाले पालिका अध्यक्ष , मातृका राई , टप्पुदेवी माविका प्रधानाध्यापक रमेश पाैडेल,खेलमैदानका लागि जग्गा दता जग्गा दाता हुमङग राना, सेर बहादुर दर्नाल , फत्तेमान राई , मदन सुनुवार राजेन्द्र दर्नाल , अखिसल्ला प्रहरी चाैकि प्रमुख , सञ्चारकर्मी , विभिन्न क्लब तथा समुहका प्रमुख तथा प्रतिनिधि र स्थानीय बासिकाे उपस्थिति थियो ।
खेल फागुन २८ गते सम्म सञ्चालन हुनेछ।




