पीएम कप : एपीएफमाथि पुलिस २ विकेटले विजयी, ललितले लिए ६ विकेट

काठमाडौँ । जारी पीएम कपमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २ विकेटले पराजित गरेको हो ।

एपीएफले दिएको केवल ९५ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले २६.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पुलिस क्लबका लागि कुशल भुर्तेलले सर्बाधिक ३१ रन बनाएका थिए भने एपीएफका बलर भुवन कार्कीले ३ तथा अभिषेक गौतम र रोहित पौडेलले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको एपीएफले २७.४ ओभरमा अलआउट हुदै केवल ९४ रन बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले सर्बाधिक २६ रन बनाएका थिए भने लोकेश बमले २२ रन बनाएका थिए ।

त्यस्तै पुलिस क्लबका बलर ललित राजबंशीले ६ विकेट लिएका थिए । ललितले ७.४ ओभरमा ३ मेडनसहित १८ रन दिएर ६ विकेट लिएका थिए ।

यो जितसँगै पुलिस क्लबले लगातार तेस्रो जित हासिल गर्दै ३ खेलमा ६ अंक बनाएको छ भने एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।
  
  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।