धनकुटाको हिले बजारमा स्थित श्री थुप्तेन देक्षेन छोलिङ गोन्पा हस्तान्तरण कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको हिले बजार स्थित रहेको श्री थुप्तेन देक्षेन छाेलिङ गाेन्पा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गाेन्पा व्यवस्थापन समितिले बिहीबार एक कार्यक्रम आयाेजना गरि गुम्बामा प्रमुख लामा नियुक्त गर्दै गुम्बा हस्तान्तरण गरेको हो ।

गाेन्पाको प्रमुख लामा गुरुको रुपमा भारत बाेध गयामा बाैध धर्म अध्यय गरि आउनु भएका रामेछाप निवासी लामा फुर्वा छिरिङलाई प्रमुख लामाको जिम्मेवारी दिदै गाेन्पाले प्रमुख लामा नियुक्त गरेको हो ।

सोही अवसरमा समितिले गाेन्पाका संरक्षक पनि नियुक्त गरेको छ । बाैध धर्मका तान्त्रिक गुरु साेनाम लामालाई गाेन्पाकाे संरक्षक नियुक्त गरेको हो ।

त्यस्तै गरि गुम्बाको मान्यार्थ सदस्य हिले बजारका पुर्व जनप्रतिनिधि एवम् सामाजिक व्यक्ति लालचन्द्र गाेङवा तामाङलाई मान्यार्थ सदस्यमा नियुक्त गरिएको छ । उनिहरुलाई बाैध धर्म अनुसार गरिने नित्य पुजा पाठ तथा विभिन्न धार्मिक कार्यहरु गर्ने र गुम्बाकाे विकास प्रवर्द्धनका लागि सम्पूर्ण जिम्मेवारी सहित माथि उल्लेखित पदमा नियुक्त गरिएको हाे ।

उक्त कार्यक्रम कोशी प्रदेशका पुर्व अर्थ राज्य मन्त्री निरन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री राईले धनकुटा जिल्लालाई प्रदेशकै बाैद्व धर्मवलाम्बीहरुको आस्थाको केन्द्रको रुपमा विकास गर्न सक्ने सम्भावना धेरै रहेको बताउनु भयो । साथै उहाँले गुम्बा विकास तथा संरक्षणका लागि कोशी प्रदेशबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख निरेन तामाङ , धनकुटा नगरपालिकाकाे मेयर चिन्तन तामाङ , धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष ओङद तामाङ ,वडा सदस्य सुवास राना, पुर्व डिआईजि समाज सेवि दल बहादुर तामाङको उपस्थिति थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य , जिल्ला पदाधिकारी , विभिन्न संघ संस्था प्रमुख , भक्तजन उपासाक उपासिकाहरुको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।