किरांत राई यायोक्खा पाख्रीबास नगर कमिटीद्वारा पूर्व मन्त्री सुदन किरांतीलाई सम्मान
धनकुटा,२ चैत्र । धनकुटाको पाख्रीबासमा पूर्व संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीलाई सम्मान गरिएको छ ।
किरांत राई यायोक्खा पाख्रीबास नगर कमिटीले आज पूर्वमन्त्री किरातीलाई सम्मान गरेको हो ।
पूर्वमन्त्री किरातीलाई सम्मान पत्रका साथै पाख्रिको बोट अंकित मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा किराया पाख्रीबासका पदाधिकारी,सल्लाहकार लगायत स्थानियवासीको उपस्थिति रहेको थियो ।


