पीएम कपमा कोशी प्रदेशको पहिलो जित

काठमाडौँ । जारी पीएम कप अन्तर्गत कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ ।

आइतबार  एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोशी प्रदेसले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको केवल ३२ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ८.२ ओभरमा एक विकेव्त गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेश केवल ३१ रनमा अल आउट भएको थियो । २०.४ ओभरमा अल आउट हुदै गण्डकीले ३१ रन बनाएको थियो । गण्डकीलाई अल आउट गर्नेक्रममा कोशीका विपिन महतोले ६ विकेट लिएका थिए भने फिर्दोश अन्सारीले ३ विकेट लिएका थिए ।

गण्डकीले बनाएको ३१ रन पीएम कपको इतिहासमा दोस्रो कम टोटल हो । यस अघि २०२४ को पीएम कपमा कोशी प्रदेशले गण्डकी प्रदेशविरुद्धको खेलमा पीएम कपकै इतिहासमा सबैभन्दा कम २५ रन मात्र बनाएको थियो । यसरी गण्डकीले ३१ रन मात्र बनाएर आफ्नो नाम लज्जास्पद किर्तिमानमा दर्ज गराएको छ ।

यो जितपछि कोशी प्रदेशले पहिलो जित हासिल गरेको हो । यो जितपछि कोशीको ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र २ अंक हासिल गरेको छ । त्यस्तै गण्डकीको भन ४ खेलमा एक जित र ३ हारसहित २ अंक रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।